भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय



काठमाडौ भदौ ५ ।

सरकारले भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।

दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउने सरकारको निर्णय छ । शुक्रबार अर्थ, सञ्चार तथा सुचना प्रविधि मन्त्री खतिवडाले पत्रकार सम्मेलन गरेर भदौदेखि अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीले यात्रा गर्न पाउनेछन् । उडान हुनुअघि पीसीआर परीक्षण गराएर रिर्पोट नेगेटिभ आए हवाई यात्रा गर्न पाउने सरकारको निर्णय छ ।

काठमाडौं आउने यात्रुले भने एक हप्ता अनिवार्य क्वारेन्टाइन बस्नुपर्नेछ । सरकारले अन्तर्राष्ट्रिय उडान खोलेपनि आन्तरिक उडानबारे स्प्ष्ट पारेको छैन् ।

प्रतिक्रिया दिनुहोस्