काठमाडौं उपत्यकामा कोरोना:२६ सय सक्रिय संक्रमित,१५ को मृत्यु



काठमाडौं,भदौ ६ । शुक्रबारसम्म काठमाडौं उपत्यकामा २ हजार ८ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये १५ जनाको मृत्यु भैसकेको छ ।

उपत्यकामा पुष्टि भएका मृतकमध्ये काठमाडौका १२ जना, ललितपुरका २ र भक्तपुरमा १ जना रहेका छन । उपचारका क्रममा कोरोनालाई जितेर निको हुनेको संख्या २ सय ६७ रहेका छन्।हालसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा २ हजार ६ सय सक्रिय संक्रमित रहेका छन ।

सक्रिय संक्रमितमध्ये २ हजार १ सय काठमाडौका, भक्तपुरका १ सय ५५ र ललितपुरका ३ सय ४५ रहेका छन । उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडौ जिल्ला प्रभावित बनेको छ ।

शुक्रबार १ सय ४२ संक्रमित थपिएसँगै काठमाडौमा कुल संक्रमित २ हजार २ सय ९५ पुगेको छ । जसमध्ये २१ सय सक्रिय संक्रमित रहेका छन ।

ललितपुरमा कुल संक्रमित ३ सय ९२ जनामध्ये ३ सय ४५ सक्रिय संक्रमित रहेका छन । ४७ जना संक्रमणमुक्त भएका छन् ।

भक्तपुरमा १ सय ५५ सक्रिय संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा कोरोना संक्रमण व्यापकतासंगै गत बुधबार मध्यरातिदेखिनै सरकारले लागू गरेको निषेधाज्ञा जारी छ ।

प्रतिक्रिया दिनुहोस्