पहिरोका कारण अवरुद्ध मुग्लिङ–नारायणगढ सडकखण्ड खुल्यो



काठमाडौं भदौ ६ । पहिरोका कारण ठप्प भएको मुग्लिङ–नारायणगढ सडकखण्ड खुलेको छ ।

पहिरो हटाएपछि अहिले दुईतर्फी नै सडक खुलेको मुग्लिङ-नारायणगढ सडकखण्ड अयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मा राति १ बजेतिर खसेको पहिरो हटाएर बिहान एकतर्फी रुपमा सडक खुलाइएको थियो ।

अहिले पूरै पहिरो हटाएर दुईतर्फी नै सडक खुलेको मुग्लिङ(नारायणगढ सडकखण्ड अयोजनाका इन्जिनियर खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्