माधव नेपालका अंगरक्षक र पछुवा गाडी चालकसहित ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण



काठमाडौं भदौ ६ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालका अंगरक्षक (पीएसओ) सहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको गौतमले बताए । गत बिहीबार उनीहरुको स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षण रिपोर्ट शुक्रबार राति आएको थियो । संक्रमित सबैलाई आएसोलेसनमा पठाइसकिएको गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्