उदयपुरमा आगलागीबाट २५ लाख बराबरको क्षति



उदयपुर भदौ ६ ।

उदयपुरको कटारी नगरपालिका ५ भुल्केमा शनिबार आगलागी हुँदा करिव २५ लाख बराबरको क्षति भएको छ।

शनिवार बिहान स्थानीय धनकुमार श्रेष्ठको घरमा आगो सल्किंदा उनको दुई तले घर, लत्ताकपडा, अन्नपात गरी करिव २५ लाखको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान छ।

इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारीकाअनुसार घरका मान्छे बाहिर भएको अवश्थामा आगोलागी भएको हो।

झण्डै एक घण्टासम्म सल्किएको आगो नगरपालिकाको वारुणयन्त्रको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका हुन्। घटनाको थप अनुसन्धान भैरहेको डिएसपी भण्डारीले बताए।

प्रतिक्रिया दिनुहोस्