टोखास्थित ग्राण्डी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु



काठमाडौं,भदौ ६ । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा एकजनाको मृत्यु भएको छ । अस्पतालमा एकहप्तादेखि उपचाररत सप्तरीको राजविराज नगरपालिकाका ७७ वर्षीय पुरुषको उपचारको क्रममा गएराति मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

ती पुरुषमा उपचारकै क्रममा गरिएको स्वाब परीक्षणमा कोरोना नतिजा पोजिटिभ आएको थियो।शव शनिबार नै पशुपतिस्थित विद्युतीय शवदाहमा अन्त्येष्टि गरिएको छ ।

सुरुमा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि राजविराजबाट ग्राण्डी अस्पताल ल्याइएको मृतकका आफन्तजनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्