वाग्मती प्रदेश: नुवाकोटमा २ सहित प्रदेशभर २८७ संक्रमित थपिए (तथ्यांक)



नुवाकोट,भदौ ६ । बितेको २४ घण्टामा नुवाकोटमा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शनिबार संक्रमण पुष्टि हुनेमा लिखु गाउँपालिकाका वर्ष २४ र ४७ का २ पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नुवाकोट जिल्लामा कुल संक्रमितको संख्या ७६ पुगेको छ |

नुवाकोट जिल्लामा संक्रमितमध्ये ६२ जना स्वास्थ्योपचारपछि निको भएर घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए |

वाग्मती प्रदेश अन्तर्गत शनिबार काठमाडौंमा ५९ महिला १०१ पुरुष गरी १६०,चितवनमा १२ महिला १५ पुरुष गरी २७ जना,दोलखामा २ पुरुष २ महिला गरी ४ जना, धादिङमा २ पुरुष,भक्तपुरमा ११ महिला ३९ पुरुष गरी ५० जना,मकवानपुरमा ११ महिला २१ पुरुष गरी ३२ जना,ललितपुरमा ४ महिला २ पुरुष गरी ६ जना र सिन्धुलीमा १ जना पुरुषसहित प्रदेशभर २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाएका छन् ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार वाग्मती प्रदेशमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या १ हजार १ सय ६२ रहेका छन् भने प्रदेशभर हालसम्म डिस्चार्ज हुनेको संख्या ७ सय ३४ रहेको छ।

त्यस्तै वाग्मती प्रदेशमा आईसीयुमा उपचाररतको संख्या ५२ जना,भेन्टिलेटरमा उपचाररत १५ जना रहेका छन् । वाग्मती प्रदेशमा आईसीयु बेड संख्या ६ सय ३० रहेको छ भने भेन्टेलेटर संख्या ३ सय ६१ रहेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ।

मन्त्रालयबाट प्राप्त शनिबारको प्रदेश तथ्यांक

प्रतिक्रिया दिनुहोस्