कोरोना संक्रमणबाट वाग्मती प्रदेशमा २९ को मृत्यु



काठमाडौं भदौ ६ । विश्वव्यापीरूपमा फैलिएको कोरोना संक्रमणका कारण वाग्मती प्रदेशमा हालसम्म २९ जनाको मृत्यु भइसकेको छ ।

मकवानपुरको हेटौँडामा पनि एक महिला र दुई पुरुषसहित तीन जनाको उक्त संक्रमणबाट मृत्यु भइसकेको बताइएको छ । मकवानपुरमा हालसम्म सङ्क्रमितको सङ्ख्या २६० पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार वाग्मती प्रदेशमा हालसम्म चार हजार ३४ जनामा कोरोना भाइरसको संक्रमण देखापरेको छ ।

प्रदेशमा ७३४ जना कोरोना सङ्क्रमित उपचारपश्चात् घर फर्केका छन् । सङ्क्रमितमध्ये धेरैको आइसोलेसनमा उपचार भइरहेको छ । मन्त्रालयबाट प्राप्त जानकारीअनुसार कोरोना संक्रमण जनस्तरमा फैलिन थालेपछि प्रदेश सरकारले कोरोना जाँच गर्ने दायरा बढाएको छ । प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी काठमाडौँमा सङ्क्रमित फेला परेकाले कडाइ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्