उपत्यकाका यी ठाउँमा काटिदैछ विद्युत

काठमाडौं,भदौ ७ । विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिजुलीबत्ति कटौती गर्ने भएको छ।नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् कटौती गर्ने भएको हो ।
पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागेकाले विद्युत् कटौती गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयले बताए ।
प्राधिकरणका अनुसार बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपा चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा विद्युत् कटौती गर्न हुनेछ । प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना समेत गरेको छ ।