घट्यो सुनको मुल्य



काठमाडौं, भदौ ७ ।

नेपाली बजारमा आइतवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

सुनको मूल्यमा प्रतितोला ४ सय रुपैयाँले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ४०० तोकेको छ। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० निर्धारण गरिएको छ। शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ३०० कायम थियो ।

पहेँलो धातुसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। चाँदी प्रतितोला रु २५ ले घटेर एक हजार ३४५ पुगेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्