कोरोना अपडेट: बितेको २४ घण्टामा ८१८ संक्रमित थपिए



काठमाडौं, भदौ ७ । नेपालमा बितेको २४ घण्टामा ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म १८ हजार ६ सय ३१ जना संक्रमणमुक्त भएका छन् । आइतबार २८१ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्