काठमाडौं उपत्यकामा थपिए १६६ संक्रमित



काठमाडौं,भदौ ७ । काठमाडौं उपत्यकामा आइतबार एकै दिन १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जना रहेका छन् ।

देशभर ८ सय १८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १६६  जना थपिएसँगै जोखिम बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ८ हजार २६ सय  जनाको पिसीआर परिक्षणमा   ८ सय १८ जनाको रिर्पोट पोजेटिभ आएको जनाएका छन् ।

त्यसैगरी बितेको २४ घन्टामा २८१ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । हालसम्म निको भई घर फर्कनेको सख्या १८ हजार ६ सय ३१ रहेको छ । देशभर कुल संक्रमितको सख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्