नुवाकोटमा कोरोना संक्रमितको संख्या ७७ पुग्यो



साझापथ संवाददाता

नुवाकोट,भदौ ७ । नुवाकोट जिल्लामा कोरोना संक्रमितको संख्या ७७ पुगेको छ ।

आइतबार तादी गाउँपालिकाका ७० वर्षिया वृद्धामा कोरोना संक्रमण पुष्टिसंगै जिल्लामा संक्रमितको संख्या ७७ पुगेको हो। संक्रमित वृद्धा महिला काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारत रहेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

त्यस्तै नुवाकोट जिल्लामा ६३ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् । बाकी १४ जना सक्रिय संक्रमितमध्ये जिल्ला अस्पताल त्रिशुलीमा ६ जना, खरानीटारमा १ जना र काठमाडौंका विभिन्न अस्पतालमा ७ जना आइसोलेशन वार्डमा उपचारका क्रममा रहेको जिल्ला अस्पताल श्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्