चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको तयारी



काठमाडौं भदौ ७ ।

सरकारले कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेमाथि कारबाही गर्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालका चिकित्सकहरूलाई राखिएको घरमा अवरोध गर्ने स्थानीयलाई कारबाही गर्न निर्देशन दिइएको छ।

मन्त्रालयलका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नयाँ बानेश्वरको मिलन चोकस्थित एक होस्टलमा बस्दै आएका चिकित्सकमाथि स्थानीयले अवरोध गरेको भन्दै कारवाहीका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई निर्देशन गरिएको बताए ।

महामारीका बेला खटिने स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुनु दुखद रहेको भन्दै मन्त्रालयले यस्तो गतिविधि नगर्न अनुरोध गरेको छ। शनिबार सिभिल अस्पतालका चिकित्सक र नर्स राखिएको होस्टलमा बलभद्र टोलसुधार समितिका नाइकेसहित स्थानीयले अवरोध गरेका थिए।

उनीहरूले संक्रमण फैलिनेसक्ने डर रहेको भन्दै त्यहाँबाट चिकित्सकहरूलाई निकाल्न भनेका थिए।

प्रतिक्रिया दिनुहोस्