काठमाडौं उपत्यकामा खाद्यान्न र तरकारी पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने



काठमाडौं भदौ ७ ।

काठमाडौं,भक्तपुर र ललितपुरमा खाद्यान्न तथा तरकारी पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने भएको छ ।

दिनभर नागरिक तरकारी र खाद्यान्न किन्न भन्दै निस्किन थालेपछि यो निर्णय भएको हो ।उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले यो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

औषधि, पानी र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल भने जुनसुकै समयमा निर्वाद रुपमा चलाउन सकिने भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्