काठमाडौं उपत्यका सहित देशका ४८ जिल्लामा निषेधाज्ञा जारी



काठमाडौं भदौ ७ ।

कोरोना संक्रमणको जोखिमका कारण देशका ४८ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।

आफ्नो जिल्लामा निशेधाज्ञा जारी गर्ने अधिकार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नै दिएपछि जोखिम अनुसारको निर्णय भएका छन्।

गृह मन्त्रालयको आइतबार साँझको तथ्यांक अनुसार नुवाकोट र कपिलवस्तुमा सेवा बन्द गरिए पनि निशेधाज्ञा भने लगाइएको छैन।

तर, उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरसहित अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ। उपत्यकामा भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।

कतिपय जिल्लामा पूरै जिल्लाभर र केही जिल्लाले संक्रमण देखिएको क्षेत्रमा मात्रै निषेधाज्ञा जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्