नुवाकोटको लिखुमा १८७ जनाको स्वाब संकलन



साझापथ संवाददाता

नुवाकोट,भदौ ७ । नुवाकोटको लिखु गाउँपालिकाले समुदायस्तरमै कोरोना फैलिएको आशंकामा आइतबार स्वाब संकलनलाई तिव्रता दिइएको छ। कोरोना संक्रमितको कन्ट्याक्ट् ट्रेसिङलाई आधार मानेर आइतबार १८७ जनाको स्वाब संकलन गरिएको लिखु गाउँपालिकाको कार्यालय लिखुले जनाएको छ।

समुदायस्तरमै कोरोना फैलिन गइ गत शुक्रबार लिखु गाउँपालिका वडा नम्बर ४ को चौघडा स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पाइएको थियो । संक्रमण पुष्टि भएसंगै गाउँपालिकाले सम्भावित क्षेत्र शिल गरी स्वाब संकलनलाई तिव्रता दिइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले बताए ।

शनिबार लिखु गाउँपालिकाको स्थानीय बिपद व्यवस्थापन समितिको बैठकले गाउँपालिकाको  वडा नम्बर ४ को सम्पुर्ण क्षेत्र शिल गरि संक्रमितको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरिएको हो।

संक्रमित ब्यक्ति स्वास्थ्य कार्यकर्ता रहेकाले संक्रमणको जोखिम थप बढेको हुनसक्ने भन्दै लिखु गाउँपालिका वडा नम्बर ४ ले स्थानीयलाई सजगता अपनाउन आग्रह गरेको छ।

जोखिम बढेसंगै गाउँपालिकाको ४ नम्बर वडाले प्रकाशित गरेको सूचना

प्रतिक्रिया दिनुहोस्