नुवाकोटको दुप्चेश्वरमा ३५ घर पहिरोको उच्च जोखिममा [८ तस्बिरसहित]



साझापथ संवाददाता

नुवाकोट,भदौ ८ । नुवाकोटको दुप्चेश्वरमा ३५ घर जोखिममा परेको छ। जिलाको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित नेगीगाँउमा बस्तीमाथिको ठूलो ढुङ्गा वर्षातका कारण बग्न थालेपछि  ३५ घर जोखिममा परेको हो।

यस ठाउँमा महाभुकम्पको समयताका हल्लिएका ढुङ्गा वर्षातका कारण हाल आएर बग्न थालेपछि नेगीगाउँ पुर्ण जोखिममा परेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए।

तामाङका अनुसार बस्तीभन्दा माथिबाट डाँडामा रहेको भयानक ढुङ्गाले आफ्नो ठाउँ छोडेर वर्षाको समयमा बग्न थालेको छ। कोरोना कहर बीच गाउँपालिकास्तरीय विपद् व्यावस्थापन समितिले ढुङ्गा हटाउन जिल्ला विपद् व्यवस्थापन समितिलाई समेत  अनुरोध गरिसकेको अध्यक्ष तामाङले बताए । ‘ढुङ्गाको आकार निकै ठूलो भएकाले विस्फोट गराई हटाउनुपर्ने र त्यसका लागि नेपाली सेनामार्फत तत्कालै हटाउन आवश्यक रहेको’ भनी जिल्ला विपद् व्यवस्थापन समितिलाई पत्राचार भैसकेको अध्यक्ष तामाङले जानकारी दिए ।

वर्षाताका कारण बग्न सुरु गरेको विशाल ढुङ्गा

यसअघि पाँच वर्ष पहिला गएको विनाशकारी भूकम्पको कम्पनले मानव बसोबास क्षेत्र माथिबाट ढुङ्गा र सुक्खा पहिरो जानसक्ने भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्राविधिक अध्ययन टोलीले तयार गरेको प्रतिवेदनमा समेत नेगीगाँउलाई जोखिम बस्तीका रूपमा समावेश गरिसकेको थियो ।

तस्बिरमा हेर्नुस्

माथि बिशाल ढुङ्गा तल बस्ती
अनुगमनका क्रममा स्थानीय जनप्रतिनिधिका साथ सुरक्षाकर्मी

तस्बिर सौजन्य : सन्तमान तामाङ, जिल्ला समन्वय समिति नुवाकोटका संयोजक

प्रतिक्रिया दिनुहोस्