काठमाडौं उपत्यकामा २२४ जना कोरोना संक्रमित थपिए



काठमाडौं भदौ ८ । काठमाडौं उपत्यकामा २२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमित फेला परेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्