२४ घन्टामा थप ८ जनाको मृत्यु, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुग्यो



काठमाडौं भदौ ८ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

रुपन्देहीमा ४ जना, सुनसरी, मोरङ, पर्सा र काठमाडौंमा १/१ जनाको निधन भएको प्रवक्ता गौतमले जनाए । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सोमबारसम्म १५७ पुगेको छ ।

  • सुनसरी ६८ वर्षीय पुरुष
  • मोरङ ६५ वर्षीय पुरुष
  • पर्सा ७० वर्षीया महिला
  • काठमाडौं ४८ वर्षीया महिला
  • रुपेन्द्रही ६७ वर्षीया महिला
  • रुपन्देही ३८, ५३ र ५४ वर्षीय तीन पुरुष

प्रतिक्रिया दिनुहोस्