कोरोना अपडेट : बितेको २४ घन्टामा ७४३ संक्रमित थपिए



काठमाडौं, भदौ ८ । नेपालमा बितेको २४ घन्टामा ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।

हालसम्म १८ हजार ८ सय ६ जना संक्रमणमुक्त भएका छन् । सोमबारमात्रै १७५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता गौतमले आइसोलेसनमा १३ हजार ७ सय १५ रहेको र क्वारेन्टाइनमा ११ हजार २ सय ७५ जना रहेको बताए ।

पछिल्लो २४ घन्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्