कांग्रेसको शुभेच्छुक संस्था सिडेनको नुवाकोट कार्यसमिति गठन



नुवाकोट भदौ ८ । नेपाल कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को नुवाकोट कार्यसमिति सर्वसम्मत रुपमा गठन गरिएको छ ।

सिडेनको संशोधित विधान २०७६ को परिच्छेद ४ दफा १५ उपदफा ३ बमोजिम विदुर नगरपालिका स्थानीय केन्द्र रहने गरी आइतबार ९ सदस्यीय समिति चयन गरिएको हो । सिडेन नुवाकोटको सभापतिमा ई. पर्वत डंगोल (विदुर नगरपालिका), उपसभापति ई. टिकाराम तामाङ (ककनी गाउँपालिका), ई. रविन्द्र भट्ट सचिव (किस्पाङ गाउँपालिका), कोषाध्यक्ष ई.पुष्कर शर्मा (तारकेश्वर गाउँपालिका) छन् ।
यसैगरी सदस्यहरुमा ई.निरञ्जन बजगाई (ककनी गाउँपालिका), ई.मनोज वाग्ले (बेलकोटगडी नगरपालिका), ई. मोतीमाया तामाङ (किस्पाङ गाउँपालिका), ई. विजय प्याकुरेल (विदुर नगरपालिका) र ई. विवश प्याकुरेल (विदुर नगरपालिका ) छन् ।

यसैबीच नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसी सिडेन नुवाकोट स्थानीय समिति गठन भएकोमा निर्विरोध निर्वाचित समितिलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमार्फत सभापति केसीले जिल्लामा रहेका समस्त प्रजातन्त्रवादी इन्जिनियरहरुलाई एकताबद्ध गर्दै संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने समेत भन्ने आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्