कोरोना संक्रमणबाट शेर्पा संघ यूकेका अध्यक्ष शेर्पाको ज्यान गयो



लन्डन भदौ ९ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट शेर्पा संघ यूकेका अध्यक्ष साना शेर्पाको निधन भएको छ । ५१ वर्षीय शेर्पाको सोमबार दिउँसो १:१५ बजे लन्डनको सेन्ट थोमसेज हस्पिटलमा निधन भएको शेर्पा संघ यूकेका पूर्वमहासचिव योन्तेन ग्याछोले जानकारी दिए । उनका अनुसार अध्यक्ष साना शेर्पा अस्वस्थ भएपछि आसफोर्ड केन्टको विलियम हार्भे अस्पतालमा भर्ना भएका थिए ।

सुरुमा उनमा कोरोना पोजिटिभ देखिएको थियो । पछि उनलाई सेन्ट थोमसेस हस्पिटलमा सारिएको थियो । पूर्व ब्रिटिस गोर्खा सैनिक शेर्पाले सेभेन्थ गोरखा राइफल्सको टुआरजीरआरमा सेवा गरेक थिए । उनको आर्मी नम्बर २११६८३६३ रहेको छ ।

उन शेर्पा संघ यूकेको दोस्रो कार्यकाल अध्यक्ष पदमा कार्यरत थिए । पुर्ख्यौली घर भोजपुर जिल्ला षडानन्द नगरपालिका किमालुङ रहेको शेर्पा ३ छोरा र श्रीमतीका साथ बेलायतको आसफोर्डमा बसोबास गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्