भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित फरार



चितवन,भदौ ९ । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमित आइसोलेसन वार्डबाटै भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष मंगलबार बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो । केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै परिवारलाई जिम्मा लगाएर उनलाई अस्पतालको आइसोलेसनमा राखेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

अस्पतालको आइसोलेसनमा ६८ सङ्क्रमितको उपचार भइरहेको सो अस्पतालको आइसोलेसनबाट भागेका ब्यक्तिको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।

केहि समय अघि बीरगञ्ज लगायतका ठाँउबाट पनि संक्रमित भागीसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्