पञ्चकन्या गाउँपालिकामा कृषि कल सेन्टर



साझापथ संवाददाता

नुवाकोट,भदौ ९ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले निशुल्क कृषि कल सेन्टर संचालनमा ल्याएको छ। मंगलबार गाउँपालिकाले औपचारिक रुपमा कृषि कल सेन्टरको स्थापनासंगै संचालनमा ल्याएको हो ।

कोरोना भाइरसको महामारीसंगै बन्दाबन्दीका कारण देशको मुल पेशा कृषि क्षेत्रमा समेत असर पुग्नसक्ने भन्दै गाउँपालिकाले कृषकलाई आवश्यक परामर्श दिन थालेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताए ।

कल सेन्टर स्थापनासंगै सेवा क्षेत्रका कृषकले घरमै बसेर कृषि बाली,पशुजन्य परामर्श लिन सक्नेछन् । सुबिधा लिन पाएपछि स्थानीय कृषक हर्षित भएको पञ्चकन्या गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मणिनाथ लामिछानेले बताए ।

पञ्चकन्या गाउँपालिका क्षेत्रका कृषकलाई कृषि बिज्ञ सुदेश सुवेदीले आवश्यक परामर्श दिइरहेका छन्।परामर्शका लागि सेवा क्षेत्रका कृषकले ९८८१३४८१३६ नम्बरमा सम्पर्क राख्न सकिने गाउँपालिका श्रोतले जनाएको छ।

कल सेन्टर मार्फत परामर्श लिन पाउदा बन्दाबन्दीको समयमा स्थानीयले राहत महसुस गरेको वडा नम्बर २ पशुसेवा कार्यालयका सन्तोष पाठकले बताए।

प्रतिक्रिया दिनुहोस्