प्युठानमा थप ४ जनामा कोरोना संक्रमण



प्युठान,भदौ ९ । प्युठानमा थप ४ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परिक्षण हुँदा स्वर्गद्वारी नगरपालिकाका ३ र नौबहिनी गाउँपालिकाका १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए । योसँगै संक्रमित संख्या कुल ४ सय २१ पुगेको छ ।

सुवेदीका अनुसार मंगलबार संक्रमित देखिएका १८ देखी ४४ बर्ष सम्म उमेर समुहका हुन ।

प्रतिक्रिया दिनुहोस्