बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ संक्रमित थपिए



काठमाडौं, भदौ ९ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका  १९९ जना र ललितपुरका १९ जना र भक्तपुरका  १४ जना रहेका छन् । देशभर  ८ सय  ५५ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  २ सय ३२ जना थपिएसँगै जोखिम बढेको उल्लेख छ ।

कुल ११ हजार ३ सय २७ जनाको पिसीआर परिक्षणमा  ८ सय  ५५ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमलेजानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  ३१३ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । देशभर कुल संक्रमितको सख्या ३३ हजार  ५ सय ३३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्