एटीएम बुथमा अनिवार्य स्यानिटाइजर राख्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं भदौ ९ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना एटीएम बुथमा स्यानिटाइजर र टिस्यु पेपर अनिवार्य राख्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकको निर्देशन​पछि अब बैंक तथा वित्तीय संस्थाले एटीएम बुथहरुमा स्यानिटाइजर र टिस्यु पेपर राख्नैपर्ने भएको छ ।

धेरै मान्छेको आउ–जाउ भइरहने भएकाले संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो ।

बन्द अवस्थामा रहेका एटिएमका ढोका सबैले छुनुपर्ने भएकाले एटिएमका ढोका पनि खुलै राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्