नोबेल शिक्षण अस्पताल विराटनगरमा कार्यरत ५५ जना स्टाफ नर्सले दिए सामूहिक राजीनामा



विराटनगर भदौ ९ ।

मोरङको विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले श्रम शोषण गरेको भन्दै त्यहाँ कार्यरत ५५ जना स्टाफ नर्सले सामूहिक राजीनामा दिएका छन् ।

अस्पतालले समयमा तलब नदिएको र कोरोना संक्रमणका वेला पनि स्वास्थ्यकर्मीको उचित सुरक्षा नगरेको उनीहरुको आरोप छ । जोखिम मोलेर काम गर्दा पनि अस्पतालले कामको उचित सम्मान नगरेको भन्दै उनीहरुले अस्पतालले समयमा तालिम समेत नदिएको गुनासो गरेका छन् ।

अस्पतालका स्रोतले ५५ जनाले राजीनामा दिएको स्वीकार गर्दै राजीनामा भने स्वीकृत नभएको जानकारी दिएको छ । अस्पतालले अहिले स्टाफ नर्सहरुलाई मासिक १५ हजार पारिश्रमिक दिएको छ ।

स्टाफ नर्सहरुले ५ हजार थप गर्न माग गरेको तर अस्पतालले ४ हजार मात्रै थप गर्न सकिने भनेपछि एक हजारमा कुरा नमिलेका कारण नर्सहरुले राजीनामा दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्