रानीपौवा स्वास्थ्य केन्द्रले ल्यायो एक्सरे मेसिन सञ्चालनमा



उद्घाटन समारोहमा ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा लगायत स्थानीय पदाधिकारी

साझापथ संवाददाता

ककनी,भदौ १० । ककनी गाउँपालिका वडा नम्बर ४ मा रहेको रानीपौवा स्वास्थ्य केन्द्रले एक्सरे मेसिन संचालनमा ल्याएको छ। लामो समयदेखि अस्पतालमा थन्किएर रहेको एक्सरे मेसिन मंगलबार एक कार्यक्रमबीच सञ्चालनमा ल्याएको अस्पताल श्रोतले जनाएको छ।

श्रोतका अनुसार ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर तामाङ र अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दिपेश तामाङले संयुक्त रुपमा उद्घाटन गरी अस्पतालमा एक्सरे मेसिन सञ्चालनमा ल्याएका हुन ।

लामो समयदेखि मेसिन सञ्चालनमा प्रयास गरिएपनि पछिल्लो समय गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा ल्याउन सकिएको सरोकारवालाहरुले बताएका छन् ।

२०७३ सालमा यसोदादेवी भगवान सिंह मेमोरियल ट्रस्टमार्फत अस्पताल भित्रिएको एक्सरे मेसिन आवश्यक पार्टपुर्जाका अभावमा थन्किएर रहेको थियो । गाउँपालिकाले आवश्यक सामग्री खरिद गरी मेसिन सञ्चालनमा ल्याएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नम्बर ४ का अध्यक्ष दिपेश तामाङले बताए।

अध्यक्ष तामाङका अनुसार मेसिन सञ्चालनका लागि विगत वर्षदेखि नै निरन्तर पहल गरिएको थियो। मेसिन सञ्चालनमा आएपछि यस क्षेत्रका स्थानीयलाई एक्सरेका लागि काठमाडौं वा सदरमुकाम जानुपर्ने बाध्यता अन्त्य भएको गाउँपालिकाका अध्यक्ष मानबहादुर तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्