सेती प्रादेशिक अस्पताल धनगढीमा पनि एक कोरोना संक्रमितको मृत्यु



धनगढी भदौ १० । सेती प्रादेशिक अस्पताल धनगढीमा एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि भर्ना गरिएका कैलालीको गोदावरी नगरपालिका ११ घर भएका ४५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । सुरुमा धनगढीकै निजी निसर्गमा अस्पतालको आईसीयूमा उपचार गराइरहेका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार सेतीमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । शव व्यवस्थापनका लागि नेपाली सेनालाई जानकारी गराइसकेको उनले बताए ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्