पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु



ललितपुर,भदौ १० । ललितपुरस्थित पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ। मृत्यु हुनेमा काठमाडौंका ५४ वर्षीय पुरुषको रहेका छन् । उनको उपचारका क्रममा गएराति साढे ९ बजे मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको हो ।

उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

प्रतिक्रिया दिनुहोस्