उपत्यकाको निषेधाज्ञा एक साता थपियो



काठमाडौं,भदौ १० । उपत्यकाका ३ जिल्लामा भदौ ३ गतेदेखि जारी निषेधाज्ञाको समय १ साता पुनः थप गरिएको छ। तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएपछि निषेधाज्ञा समयावधि लम्ब्याएर १ साताका लागि बढाइएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अबको १ साता निषेधाज्ञा लम्ब्याइएको जानकारी दिए। हाल गरिएको निषेधाज्ञाले कोरोनाका संक्रमितहरुलाई आइसोलेट गर्ने काम गरेको र अबको एक सातासम्म कन्ट्याक्ट टेसिङ गरिने उनले बताए ।

थप एक साता निषेधाज्ञा जारी राखेपछि काठमाडौं उपत्यका भित्रको कोरोना संक्रमणको दरमा कमी आउने विश्वास उनले लिएका छन्। उनले भने, ‘थप गरिएको समयावधिमै कोरोना सम्बन्धी धेरै काम गर्ने र काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका संक्रमणको दर कम गर्ने लक्ष लिएका छौं।’

प्रतिक्रिया दिनुहोस्