वाग्मती प्रदेश : सामाजिक सञ्जालमार्फत ठगी गर्ने ३ पक्राउ



चितवन भदौ १२ । प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ । तनहुँको भिमादका राजकुमार थापा मगर, चितवनको खैरहनीका शिवराज पाठक र धादिङको धुनीबेसीका सत्कार लुँईटेललाई पक्राउ गरिएको हो ।

उनीहरुले सामाजिक सञ्जालको प्रयोगगरी विभिन्न व्यक्तिसँगबाट ठूलो रकम ठगी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए । सामाजिक सञ्जालमा रहेका साथीलाई उपहार पठाइदिने भनि रकम ठगी गरेको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका–२० शारदानगर बस्ने आरती रानालाई पटकपटक गरी २ लाख ५३ हजार २४० र मोरङको लेटाङ नगरपालिका–९ बस्ने विष्णुकुमारी राईलाई रु २ लाख ७५ हजार ६४५ ठगी गरेको गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्