प्रधानमन्त्री कार्यालयका उपसचिवसहित १४ जनामा कोरोना पुष्टि



काठमाडौं असोज २५ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका १४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट हुने कामकाज प्रभावित भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मातहतका निकायमा कार्यरत करिब २ सय ४० जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा कार्यालयका एक उपसचिवसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना देखिएकासँगै प्रत्यक्ष सम्पर्कमा रहेका अन्य २० जना समेत हाल क्वारेन्टाइनमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रशासन महाशाखाका सहसचिव शंकर नेपालले जानकारी दिए।

पोजेटिभ देखिएकाहरू अधिकांश कार्यालयका सुब्बा, खरिदार, कार्यालय सहयोगी र चालकहरू रहेका छन् । धेरैजसो कर्मचारीमा कोरोना देखिएपछि कार्यालयको काम सम्पादनमा समस्या नआओस् भनेर जुम, वेविनार जस्ता प्रविधि अपनाइएको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीसँगै पीसीआर परीक्षण गरिएका राष्ट्रिय योजना आयोग र जल तथा ऊर्जा आयोगका गरी १० कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्