नेता केसीको टिप्पणी,- ‘लाचार र निरीह सरकार आफ्नै सत्ता छिनाझपडी र खिचलोमै रुमल्लियो’



काठमाडौं, असोज २७ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सरकार आफ्नै सत्ता छिनाझपडी र खिचलोमै रुमल्लिएको भन्दै असन्तुष्टि पोखेका छन् ।

मंगलबार साँझ ट्वीट गर्दै उनले राज्यको उपस्थिति कोरोना संक्रमित र मृतकको अपडेटमा सीमित रहेको आरोप लगाएका छन् । ‘राज्यको उपस्थिति कोरोना संक्रमित र मृतकको अपडेटमा सीमित छ । न भेन्टिलेटर,न आइसियु न जनशक्तिको व्यवस्थापन, लाचार र निरीह सरकार आफ्नै सत्ता छिनाझपडी र खिचलो मै रुमल्लियो,अस्पतालमा बेड छैन, राज्य कार्यक्रमविहीन छ । तसर्थ अब जनस्तरबाटै सहमति निर्मण गर्दै बाँच्ने र बचाउने कार्यमा जुटौं ।’

कांग्रेस नेता केसी पनि कोरोना संक्रमित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्