रोनाल्डोलाई कोरोना



लिस्बन , असोज २७ । पोर्चुगाली स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण देखिएको पोर्चुगाली फुटबल संघले मंगलबार जनाएको छ । संघको वेब साइटमा रोनाल्डोको परीक्षण नतिजा ‘पोजिटिभ’ आएको पुष्टि गरिएको हो ।

युभेन्ट्सका ३५ वर्षीय स्ट्राइकरले अब बुधबार यूईएफए नेसन्स लिगमा पोर्चुगलले स्विडेनविरुद्ध हुने खेल गुमाउने छन् । संघका अनुसार उनमा कुनै लक्षण भने देखिएको छैन । उनलाई तुरुन्तै आइसोलेसनमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्