Shree Baundeshwor Secondary School

‘बा’ कै भरमा छ कृषि



विज्ञान पाण्डे

बिजयकुमार पाण्डेको ‘सम्बन्ध’ किताब पढ्दै गर्दा मन छोयो, विदेश ‘नगए हुन्‍न । देशभित्र केही गर्न सकिन्न’ विदेश जान्छु भन्ने मान्छेलाई देशमा भएको केही गरिरहेका मान्छेले दिने सकारात्मक सोच र ज्ञान, त्यस्तै सजिलो छ देशमा केही गर्न, देशमा सम्भावना छ भने किन यो युवाजमात उर्भर भूमि छोडेर मरुभूमितिर, हाल युवामाझ देशमा केही गर्ने या त विदेश जाने दुवै काम उस्तै गाह्रो छ । देशमा केही गरिहाले के गर्ने..सहज छ कृषि र पशुपालन यसको अहिलेको स्थिति र सम्भावना ।

हाम्रो कृषि र पशुपालन पेसालाई मानिसले हेर्ने दृष्टिकोण र कृषि पेसा गर्नेप्रति सामाजिक र मनोवैज्ञानिक पक्ष कतै अध्ययन नभई यसलाई समाजले सम्मानित पेसाको दर्जा दिएको छैन युवाले सहजै अँगालेको देखिन युवा र शिक्षितले यो पेसा नगरेपछि अझै पनि कृषि र पशुपालन व्यावसायिक र नाफामूलकभन्दा जीवन निवार्हमुखी छ । पछिल्लो समय एक दुई व्यावसायिक कृषकबाहेक अरु सबै ४० वर्ष अगाडिकै कृषि र पशुपालन प्रविधि अपनाइँदै छ भने यसमा अलि अलि नयाँ प्रविधि आए पनि हुनुपर्ने जति छैन अनि शिक्षित र नयाँपुस्ता कृषि र पशुपालन नगरेपछि पहिलेदेखि नै गर्दै आएका बा–आमाले खेती बाँझो नरहोस् भनेर गरेको कृषि क्षेत्र ‘बा’ कै भरमा चलेको छ ।

म पछिल्लो समय कृषि र पशुपालन आबद्ध भई गाउँपालिकामा काम गरिरहँदा युवा कृषि पेसामा ईच्छुक देखिन्छन् र भन्छन् तरकारी खेती गर्ने, टनेल, बेमौसमी तरकारी, बाख्रापालन, डेरी, गाई, भैँसीपालन, कुखुरापालन गर्ने सोचमा छन् । गाउँपालिका प्राविधिक सहयोग, यान्त्रिकरण र सकेसम्म अनुदान दिने सोचमा छ । त्यहीअनुसार कृषि प्राविधिक कर्मचारी कृषकलाई सहयोग गर्दैछन् अनि राज्यको पनि कृषि क्षेत्रमा अनुदान निती छ फेरि किन हाम्रो कृषि क्षेत्र जहाँको त्यही पाइला चाल्न पर्ने ठाउँमा घस्रदै छ अनि फड्का मार्न पर्ने ठाउँमा अल्झँदै छ ।

कृषि क्षेत्र हेर्ने नै हो भने सबैको अनिवार्य आवश्यकतामा पर्ने यो व्यवसाय तुलनात्मक रुपमा कम आम्दानी दिने, समाजले सम्मानित पेसा न मान्य, बजार व्यवस्थान सहजसँग नहुने भएकाले शिक्षित नयाँपुस्ता र युवाको उपस्थिति नगन्य छ र कृषिबाट भएको उत्पादनको समयावधि हुने भएकोले बजार व्यवस्थापन र वैकल्पिक प्रशोधनको उपाए न्युन छ यसले कृषकलाई मारमा पारेको छ । यस व्यवसायमा पढेलेखेका शिक्षित युवा, हुनेखाने वर्गका आबद्धता नभएकाले कृषिका उत्पादन गर्नेको भन्दा विचैलियाको आम्दानी राम्रो र सहज देखिन्छ अनि विचौलिया मार व्यहोरेका कृषकहरु पनि एक युरोपेली भनाइ जस्तै “हरेक शोषितभित्र शोषक बन्ने चाहना लुकेको हुन्छ, मौका पाउनु पर्छ रङ देखाइहाल्छ ।” भने जस्तै मौका पाउनु पर्छ कृषकबाट विचौलिया भइदिन्छ ।

समस्यैसमस्या बीचको हाम्रो कृषि परिवर्तन खोज्ने हो भने शिक्षित युवापुस्ता, हुनेखाने वर्ग र बेरोजगारबीच साझेदारीमा उत्पादनदेखि बजार व्यवस्थापनसम्मको समान सहभागितामा हुनुपर्छ । राज्य बजार व्यवस्थापन र विचौलिया नियन्त्रण कार्यमा लाग्नुका साथै उत्पादनको बजारको सुनिश्चिता र बजारको मागको अध्ययन र माग अनुसारको कृषकलाई उत्पादन गर्ने र लागतमा नाफाको सुनिश्चिता दिने हो भने कृषकलाई सहुलियत ऋण र प्राविधिक सहयोग व्यवस्था भयो भने नाफा पक्का हुने कृषि व्यवसायका लागि अनुदान आवश्यक छैन । अनुदान हटाउँदै लागत नाफा हुने जिम्मेवारी स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले लिने हो भने कृषि एक सम्मानित पेसा समाजले मान्ने हो भने न त बेरोजगार रहन्छ न त विदेश जानु पर्ने बाध्यता ।

यसरी बा को भरमा चलेको कृषिलाई सकारात्मक सोचका साथ एक सम्मानित पेसा व्यवसायका रुपमा राज्यको बलियो उपस्थितिका साथ युवा, हुनेखाने वर्ग, पढेलेखेका मानिसको संलग्नता हुने हो भने कृषि क्षेत्रको विकाश गाह्रो छ तर असम्भव भने छैन ।

एक प्राविधिक भएको नाताले कृषि र पशुपालनसम्बन्धी केही नयाँ प्रविधि, सम्भावना र कृषकको सफलताको कथा फेरि लिएर आउने छु ।

प्रतिक्रिया दिनुहोस्