कोरोना संक्रमणले भयावह स्थिति सिर्जना भयो : चिकित्सक संघ



काठमाडौं असोज ३० ।

कोरोना संक्रमण समुदायमा प्रवेश गरेर भयावहस्थिति सिर्जना भएको भन्दै नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

देशभर संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको र ६९४ जनाको मृत्यु भइसकेको भन्दै संघले सरकारले अत्यावश्यक औषधि सहज उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

उपत्यकासहित धेरै संक्रमित भएका सहरका अस्पतालमा बेड, आईसीयू तथा भेन्टिलेटर, अक्सिजन र रेम्डिसिभिर लगायत अत्यावश्यक औषधिको अभाव हुँदा संक्रमित भौतारिन बाध्य भएको भन्दै संघले दुःख व्यक्त गरेको छ । यो विषयमा सरकार संवेदनशील हुनुपर्ने र अबिलम्ब प्रभावकारी कदम चाल्नुपर्ने माग संघले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्