नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ७ सय नाघ्यो



काठमाडाौं असोज ३० ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।

थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ । कोरोना संक्रमणबाट बिहीबार १९ जनाको मृत्यु भएको थियो भने बुधबार १२ जनाको मृत्यु भएको थियो ।

मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्