संक्रमितहरु आइसोलेसनमा नबसे प्रहरीलाई खबर गर्नु: स्वास्थ्य मन्त्रालय



काठमाडौं असोज ३० ।

सरकारले टोल छिमेकमा नयाँ मानिस देखिए एक हप्ता क्वारेन्टाइन राख्न अनुरोध गरेको छ।

बाहिरबाट आएका मानिसमा कोभिड–१९ संक्रमणको जोखिम हुने भएकाले अनिवार्य क्वारेन्टिनमा राख्न सरकारले अपिल गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमितलाई पनि घरबाहिर जान नदिन अनुरोध गरेका छन्। शुक्रवारको प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले संक्रमितहरु आइसोलेसनमा नबसे प्रहरीलाई खबर गर्न आग्रह गरेका हुन्।

यस्तै, सरकारले कोभिड(१९ को परीक्षणका लागि नमुना दिएपछि अनिवार्य क्वारेन्टाइन बस्न निर्देशन दिएको छ। क्वारेन्टाइनमा नबस्दा संक्रमण बढिरहेको मन्त्रालयको दाबी छ।

प्रतिक्रिया दिनुहोस्