उच्च रक्तचापका बिरामीहरुलाई थप सावधानी अपनाउन सरकारको आग्रह



काठमाडौं कात्तिक १ ।

उच्च रक्तचापका बिरामीहरुलाई कोरोना जोखिम बढी हुने भएकोले थप सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।

विश्व उच्च रक्तचाप दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. महेन्द्र श्रेष्ठले नियमित रुपमा रक्तचापको परीक्षण गराउन आवश्यक रहेको बताए। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उहाँले अहिले बदलिएको जीवनशैली, खानपिन र निष्क्रिय दैनिकीका कारण रक्तचापको समस्या बढिरहेको भन्दै नियमित जाँच गराएर रक्तचापलाई नियन्त्रणमा राख्नुपर्ने बताए ।

नेपालमा २४ दशमलव पाँच प्रतिशतलाई उच्च रक्तचापको समस्या रहेको मन्त्रालयको तथ्यांक छ । ४० प्रतिशत मानिसले भने अहिलेसम्म रक्तचाप परीक्षण नै नगराएको श्रेष्ठले बताए। उनले जाँडरक्सी तथा चुरोटबिँडी नखाने र सक्रिय जीवनशैली अपनाउने हो भने उच्च रक्तचापको समस्याबाट बच्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्