थप २ हजार ९ सय ४२ जनामा कोरोना पुष्टी, २३ सय २६ जना डिस्चार्ज



काठमाडौं कात्तिक २ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ हजार ३ सय २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ।

पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको छ भने ४ हजार ८ सय ३१ जना क्वारेन्टिनमा छन्।

प्रतिक्रिया दिनुहोस्