अब कोरोना संक्रमितको उपचार र परिक्षण शुल्क सरकारले नव्यहोर्ने



काठमाण्डौं,कात्तिक २ । सरकारले अब कोरोना संक्रमितको उपचार खर्च र परीक्षण शुल्क नागरिक आफैले व्यहोर्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयअनुसार अब अग्रपङ्तिमा खटिएकाहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्ने छ ।

बाँकी नागरिकले परीक्षण शुल्क र उपचार खर्च आफैले व्यहोर्नु पर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । विपन्न वर्ग तथा अति अशक्तको कोरोना परीक्षण तथा उपचार भने सरकारले गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। यस अघि भने कोरोना परीक्षण र उपचार सबैको निशुल्क हुँदै आएको थियो ।

अग्रपक्तिमा खटिएकाहरुको पनि बीमा गरेको अवस्थामा बीमाबाट कटाउने प्रवक्ता गौतमले जानकारी दिए । ‘यो आजैदेखि भर्ना तथा परीक्षण हुनेमा सबै किसिमका सरकारी तथा गैरसरकारी अस्पताल र प्रयोगशालामा लागू हुने पनि मन्त्रालयले जनाएको छ ।

यसले आर्थिक जोखिममा परीरहेका नागरिकहरुमाथि थप समस्या आउन सक्ने चिन्ता शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्