थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टी, २१ सय ८ जना डिस्चार्ज



काठमाडौं कात्तिक ४ ।

देशभर ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा १३ हजार ८६१ जनाको पीसीआर परीक्षण भएकोमा यो संख्यामा संक्रमण पुष्टि भएको हो। योसँगै संक्रमितको कुल संख्या करिब १ लाख ४० हजार पुगेको छ।

पछिल्लो २४ घण्टामा २१ सय ८ जना संक्रमणमुक्त भएका छन्। त्यसैगरी ८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ७६५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्