थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टी, २ हजार ९९६ जना डिस्चार्ज



काठमाडौं कात्तिक ५ ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७४३ जना कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ। पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पिसिआर परीक्षण भएको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ९९६ छ। योसँगै हालसम्म ९९ हजार ६०५ जना निको भएका छन्। आज देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्