काठमाडौं उपत्यकामा ३ हजार १ सय ७ जना कोरोना संक्रमित थपिए



काठमाडौं कात्तिक ५ ।

काठमाडौँ उपत्यकामा बुधबार थप ३ हजार १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २ हजार ३ सय ९१, भक्तपुरका १ सय ७३, तथा ललितपुरका ५ सय ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७ सय ४३ जना कोरोना संक्रमित भएका छन् भने २६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्