त्रिशूली अस्पतालमा पीसीआर ल्याब स्थापना, कार्यक्रममा कुन नेताले के भने ?



नुवाकोट कात्तिक ६ ।

जिल्ला अस्पताल त्रिशूलीमा बिहीबार कोभिड १९ आरटी पीसीआर ल्याब स्थापना गरिएको छ ।

बिहीबार प्रतिनिधिसभाका सदस्य हितबहादुर तामाङले ल्याब उद्घाटन गरे । कार्यक्रममा सांसद तामाङले अब नुवाकोट, रसुवा र धादिङ जिल्लाका नागरिको स्वाब परीक्षण गर्न सघाउ पुग्ने बताए । उनले त्रिशूली अस्पताललाई आवश्यक पर्ने सहयोग गर्न आग्रह गरे ।

मेसिन संचालनमा आएपछि तीनै जिल्लालाई सेवा पुग्ने संघीय सांसद नारायणप्रसाद खतिवडाले बताए । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले सबैको पहलमा मेसिनसहित ल्याब स्थापना भएकोले निस्शुल्क स्वाब परीक्षण हुने बताइन् ।

संघीय सांसद नारायणप्रसाद खतिवडाको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत पीसीआर ल्याब स्थापना भएको अस्पताल विकास समितिले जनाएको छ ।ल्याब प्रदेश ३ को उच्चस्तरीय मेशिन भएको प्रादेशीक प्रयोगशालाका निर्देशक नारायणकाजी कार्कीले बताए । उनले पीसीआर मेशिन सम्बन्धी लेख्दा संचारकर्मीले नकरात्मक मात्र नभई सकरात्मक विषय लेख्न आग्रह गरे ।

पीसीआर मेशिनले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्ने र त्यसको रिपोर्ट २४ घंटामै रिपोर्ट दिने त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपानेले बताए । विदुर नगरपालिकाले असोज १५ गते पिसिआर मेशिन खरिद गरी त्रिशूली अस्पताललाई दिएको हो ।

उक्त मेशिन मेनका इन्टरप्राईचेजले थर्मोफिसर कन्ट्याक्कट स्टुडिओ ५ खरिद गरी नगरपालिकालाई बुझाएको प्रमुख प्रशासकीय अधिकृत सुदेव पोखरेलले बताए । मेशिन युएसए ब्राण्डको राम्रो भएको उनले बताए । उक्त पिसिआर मेशिन भ्याट सहित ८६ लाख रुपैया मूल्य परेको नगरपालिकाले जनाएको छ । उक्त मेशिनको लागि ५ वटा कम्पनीले टेण्डर हालेका थिए । सुरुमा उक्त मेशिन टेण्डर प्रक्रियामा विवाद आएको थियो ।

प्रतिक्रिया दिनुहोस्