काठमाण्डौ उपत्यकामा २७ सय २० जना कोरोना संक्रमित थपिए



काठमाडौं कात्तिक ७ ।

पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा दुई हजार सात सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार काठमाण्डौमा दुई हजार तीन सय ५७ जना, भक्तपुरमा एक सय २७ जना र ललितपुरमा दुई सय २६ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

यस्तै गएको २४ घण्टामा देशैभर १६ हजार आठ सय ६३ जनाको पीसीआर परीक्षण गर्दा चार हजार चार सय ९९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्