एनआरएनए क्युस्युद्वारा कञ्‍चनपुरको एउटा अनाथालयलई सहयोग



फुकुओका जापान कात्तिक ८ । विदेशमा रहेका नेपाली युवाहरुले कञ्चनपुरको महेन्द्रनगरमा रहेको अनाथालयमा ठुलो परिमाणमा सहयोग गरेका छन् ।

गैर आवासी नेपाल संघ जापान क्यूस्यु क्षेत्रीय कमिटिले भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको महाकाली बाल अनाथालयमा सहयोग गरेको हो । दशैँ खर्च खटाएर उनीहरुले अनाथ बालबालिकालाई सहयोग गरेको छ ।

गैर आवासी नेपाल संघ जापान क्यूस्यु क्षेत्रीय कमिटिका संयोजक देवराज उप्रेती , उप संयोजकद्वय मोहन सिह मडै, लगायतले भृकुटी माध्यामिक विद्यालयका प्रअ केशर सिह महरासंग समन्वयन गरेर पठाएको समाग्री हस्तान्तरण गरिएको छ ।

शुक्रबार एक कार्यक्रमका विच गैर आवासी नेपाल संघ जापान क्यूस्यु क्षेत्रीय कमिटिले पठाएको सहयोग हस्तान्तरण गरिएको छ । संघका तर्फबाट भृकुटी माध्यामिक विद्यालयका प्रअ महरा सहितका शिक्षक, उप संयोजकद्वय मोहन सिह मडैका आफन्तले सहयोग हस्तान्तरण गरेका हुन् । कपडा सहित खाद्यान्न, फलफुल एव मिठाईका साथै दशैँका दिन मासु खानका लागि नगद ५ हजार सहयोग गरिएको छ ।

प्रअ महराका अनुसार ३० थान न्याना लुगा, ८ कट्टा चामल, तीन पेटी तेल, २५किलो मिक्स दाल, १ पेटी स्याउ, केरा ६ दर्जन चिउरा ६ प्याकेट, १ सेनिटाईजर, ३ दर्जन साबुन, ३० पिस टुथपेस्टब्रस, २किलो मिठाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा महाकाली बाल अनाथालयका कोषाध्यक्ष लवराज भट्ट, भुकुटी माविका प्रअ केशर सिह महरा, शिक्षक जानकी धामी बिरेन्द्र प्रशाद भट्ट, चक्र महरा, लक्ष्मी भट्ट लगयतको सहभागिता रहेको थियो ।

विदेशमा रहेका नेपाली युवाहरुले आफु समस्या रहेपनि स्वदेशमा रहेका विपन्न समुदायका लागि गरेको सहयोग अतुलनिय स्थानीयको भनाई छ ।

सहयोगी दाता हरुको नामावली

(१) एनआरएनए क्युस्यु -२०,००० येन

(२)देबराज उप्रेती -३,००० येन

(३) किरण बर्मा ज्यु- ३,००० येन

(४)कृष्ण हरि पाठक – १,००० येन

(५) मोहन सिह मडै ज्यु -२,००० ऐन

(६) भीम बुढाथोकी -१,००० ऐन

(७) बसन्त घर्ती मगर ज्यु-२,००० येन

(८) सन्जय पौडेल २,००० येन

(९) सुनिल श्रेष्ठ-१,००० येन

(१०) मिनु सापकोटा-२,००० येन

(११)बिबेक बुढाथोकी -२,५०० येन

(१२) सुरेन्द्र बुडा -५,००० येन

(१३ )नवराज गौतम – ३,००० येन

(१४)सज्जन सुबेदी -२,००० येन

(१५)दिपक शाहि -१,०००येन

(१६)अशोक देउवा ज्यु-२,००० येन

(१७) केशब कुमार लामीछाने -१,००० येन

(१८)रिपुहरि सहकोटा ज्यु-१,००० येन

(१९)आसिस खड्गी -२,००० येन

(२०)धुर्ब अधिकारी ज्यु-१,००० येन

(२१)अर्जुन थापा-१००० ऐन

(२२) नारायण सुबेदी -१००० ऐन

प्रतिक्रिया दिनुहोस्